• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दुई महिना धकेलियो तातोपानी नाका खुल्ने मिति, नेपालतर्फ ६० प्रतिशत काम बाँकी

64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  १७:५९
1140x725

काठमाडौं- २०७२ बैसाख १२ को विनाशकारी भूकम्पले ठुलो जनधनको क्षति गर्‍यो। सञ्चालनमा आएका उत्तरतर्फका नाका बन्द भए। भूकम्पले तातोपानी नाका पनि बन्द भयो। चीनसँग जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका ४ वर्षदेखि ठप्प छ।

मे १ मा सञ्चालन गर्ने भनिएको राजधानी काठमाडौंबाट सबैभन्दा छोटो दुरीमा पर्ने तातोपानी नाका खुल्ने मिति अन्ततः दुई महिना पर धकेलिएको छ। हालसम्म चीनतर्फको ९५ प्रतिशतभन्दा बढी काम सकिए पनि नेपाल तर्फको ४० प्रतिशतको हाराहारीमा मात्र काम सम्पन्न भएको छ। 

नाका खुलाउन नेपाल र चीन पक्षबाट सडकलगायत अन्य संरचना निर्माण गर्ने सहमति भएको थियो।
 
दुवै सरकारबीचमा विश्व मजदुर दिवस अर्थात् मे १ को दिनमा नाका खोल्ने सहमति रहेको थियो। तीव्र रुपमा चीनले उक्त मितिमा काम सक्न काम गरे पनि सम्पन्न हुन सकेन। 

नेपालको जिम्मेवारीमा रहेको अधिकांश सडक निर्माण थालनीको चरणमा मात्र रहेको छ।

चीनले आफ्नो जिम्मेवारीमा परेको सडक सम्पन्न गरेर मे २८ सम्म हस्तान्तरण गर्ने र त्यसको एक महिनापछि मात्र सुचारु हुन सक्ने सिन्धुपाल्चोक जिल्लाकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्। 

‘चिनियाँ पक्षले तीव्र गतिमा काम गरिरहेको छ, नेपालले पनि आफ्नो जिम्मेवारीमा रहेको सडक निर्माणको गति वृद्धि गरेको छ,’ उनले भनिन्, ‘अबको दुई महिनाका यो नाका सुचारु हुन्छ।’ 

यसअघि मे १ मा खुल्ने भनी लक्ष्य राखिएको तर असफल भएको तर्फ प्रश्न गर्दा उनले भनिन्, 'मे १ मा खोल्ने भनिएको हो। सडकको काम सम्पन्न नभएकाले ढिला हुन पुग्यो।' 

‘यो दुई देश जोड्ने ठुलो नाका हो, सडकहरु पूरा नभई खोल्दा समस्या हुन्छ,’ उनले भनिन्, ‘त्यसैले पूर्ण रूपमा तयार भएपछि खोल्छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

चीनले सक्यो ९५ प्रतिशत काम, सुस्त नेपाल पक्ष
चिनियाँ पक्षले आफ्नो तर्फको करिब ९५ प्रतिशत काम सम्पन्न गर्न लागेको छ। नेपालको जिम्मेवारीमा परेका सडकमा प्रारम्भिक चरणकै काम चल्दै छ। तर दुई महिनापछि नाका खुल्दा नेपालले बनाउने जिम्मेवारी पाएको सडक तयार हुने दाबी सिडिओ चेम्जोङले गरेकी छन्। 

नाका बन्द हुँदा बाह्रबिसे, लिपिङ, तातोपानी लगायतका बजार सुनसान छन्। भूकम्पपछि भोटेकोसीमा आएको बाढीका कारण लिपिङ बजारदेखि मितेरी पुलसम्मको बाटो अवरुद्ध हुन पुगेको थियो। माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनामा पनि सो बाढीले असर पुर्‍याएको थियो। 

चिनियाँ पक्षले नाका खोल्न चासो नदेखाउनुमा धेरै कारण थिए। मुख्यतया  सुरक्षा, सडक र तस्करीलगायतमा उसले चासो राखेर लामो समयदेखि यो नाका खोल्न आनाकानी गर्दै आएको थियो। नेपालले भने यो नाका संचालन गर्न यति लामो समय बित्दा पनि तीव्र गतिमा काम नै गर्न सकेन। तर नेपालबाट हुने हरेक भेटमा नाकाको बारेमा प्रस्ताव गर्न भने छोडेको थिएन। चिनियाँ पक्ष तयार भएर नाका बनाउने कार्य एक वर्ष अघिदेखि थालिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तत्काललाई न्यालोमबाट सिधा सडक
तत्कालका लागि सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ सुक्खा बन्दरगाह बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनले प्रस्ताव पनि गरेको थियो। चीनले यो प्रस्ताव अघि सारेका कारण पनि नाका खोल्न ढिलाइ भएको हो। तर उसको यो प्रस्ताव पनि नाका संचालन गर्ने मिति सार्नु मात्र भएको केही विश्लेषकहरुको बुझाइ छ। 

सभामुख कृष्णबहादुर महराले पछिल्लो पटक चीन भ्रमणमा जाँदा नाकाबारे चासो राखेका थिए। उनले त्यसबेला मितेरी पुलको उद्घाटनसमेत गरेका थिए। यसअघि प्रधानमन्त्री रहेको समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत चासो राखेर चिनियाँ पक्षसँग छलफल गरेका थिए। उनले नाका खोल्नका लागि प्रस्ताव गरेपनि चिनियाँ पक्षले थप अध्ययन आवश्यक भएको भन्दै टारेको थियो। 

सरकारका विशेष दूतका रूपमा २०७३ मा बेइजिङ पुगेका तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई ल्हासाका उपप्रमुखदेखि अन्य उच्च अधिकारीले नाका खोल्ने विषयमा नेपालको धारणा र योजनाबारे सोध्दा चीनका तर्फबाट नाका खुला गर्न उनले आग्रह गरेका थिए।

चीनले छेन्दुमा महावाणिज्य दूतावास स्थापनाका लागि आग्रह गरेको थियो। जवाफमा नेपालले तातोपानी नाका पूर्ववत् अवस्थामा नफर्काई अन्य काम अघि नबढाउने बताएको थियो। 

नाका खुलाउन चीनको चासो
अहिले चिनियाँ पक्षले सीमाभन्दा ५ किलोमिटर वारि सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पूर्‍याएको छ भने बाटो स्तरोन्नति र पुल निर्माण पनि थालेको छ। सडक सर्भेको काम भने दुवै तर्फबाट सम्पन्न भएको र सडक सञ्चालनका लागि आवश्यक पुल चिनियाँ पक्षले बनाउने र बाँकी सडक नेपालले बनाउने सहमति भएको थियो। 

सामान्य सुधारपछि ट्रयाक खुलेपनि स्तरोन्नति र फराकिलो बनाउने काम चलिरहेको छ।  चीनले न्यालोममा भन्सार कार्यालय पनि बनाइरहेको छ।

जुरे पहिरो, भोटेकोसीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल बगाएका कारण चिनियाँ पक्षले त्यसको मर्मत कार्य जारी राखेको छ।

२०७४ पुस ७ गते सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी र चीनका समकक्षीबीच तिब्बतमा छलफल भएको थियो। चिनियाँ पक्षले सो छलफलमा समेत सुरक्षा चासोलाई प्राथमिकता दिएको थियो।

चीन जोडिएको नाका खुल्ने भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले केही महिनाअघि सुक्खा बन्दरगाहको अवलोकन गरेका थिए। बन्दरगाह निर्माणपछि चिनियाँ सवारीसाधान उक्त क्षेत्रसम्मै प्रवेश पाउने सहमति नेपाली पक्षसँग गरिएको छ। 

उक्त सहमति गर्नुको कारण पनि सुरक्षा नै रहेको छ। नाका क्षेत्रमा पुनः 'फ्री-तिब्बत' गतिविधि सुरु हुन सक्ने भएकाले चिनियाँ पक्षले नेपालकै भूभागमा भन्सारको काम गर्न चाहेको थियो।

चीनले ९५ प्रतिशत सक्दा नेपालले आधा पनि गरेन
मंसिरयता तातोपानी क्षेत्रमा धमाधम काम भइरहेको छ। मे १ मा नाका खुलाउने औपचारिक सहमतिपछि चीनले सयौं कामदार र दर्जनौं मेसिन लगाएर तातोपानीमा संरचना बनाउने काम गर्न थाल्यो। लार्चामा ठूलो सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। 

पहिलाको समयसीमा पूरा नभएपछि अब नाकाको औपचारिक उद्घाटन गर्ने र त्यसको एक महिनाभित्रै चीनबाट सामान बोकेर आएका कन्टेनर नेपाल प्रवेश गराउने नेपाल र चीनको तयारी रहेको बताइएको छ। 

चिनियाँ पक्षले गएको मंसिरमा सुरु गरेको काम ९५ प्रतिशतभन्दा बढी सकेको छ। ६ करोड ७७ लाख ५० हजार युआन खर्च लाग्ने यो सडक अबका केही दिनमै सक्ने चिनियाँ पक्षको तयारी छ। तर नेपालले गर्नुपर्ने जिम्मेवारीभित्र रहेको कार्य भने कछुवा गतिमा काम भइरहेको छ। 

सम्झौताअनुसार कोदारी-बाह्रबिसे सडक चीनले ग्राभेलिङ गरिदिने भएकाले र कालोपत्रे भने नेपालले नै गर्नुपर्ने उल्लेख थियो। 

कोदारीदेखि बाह्रबिसेसम्मको सडक चीनले बनाइदिने भएपनि बाह्रबिसेदेखि बनदेउसम्मको सडक भने नेपालले नै बनाउने सहमति थियो। अहिले धेरै ठाउँमा एक लेनको कच्ची सडक छ। तर अहिलेसम्म नेपालले त्यो काम सुरु नै गरेको छैन। 

त्यस्तै बाह्रबिसेदेखि दोलालघाटसम्मको बाटो बनाउने जिम्मा पाएको नेपालको काम पनि निकै सुस्त गतिमा चलिरहेको छ। डिभिजन सडक कार्यालय चरिकोटले २५ करोड रुपैयाँमा सडक मर्मतको काम गरिरहेको छ। तर अहिलेसम्म ४० प्रतिशतमात्र काम सकिएको छ।

कोठे, जुरे पहिलो, महभीर र बाह्रबिसेको अस्पतालनजिक गरी ४ ठाउँमा काम भइरहेको छ। जुरेबाहेक तीनवटै ठाउँमा खोलादेखि नै पर्खाल उठाएर काम गर्नुपर्ने भएकाले लामो समय लाग्ने देखिन्छ।

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्