• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अदालतकाे आदेशपछि बुटवलको चौराहदेखि गोलपार्कसम्मको सडक विस्तार अनिश्चित 

संरचना हटाउन ३५७ मध्ये ३९ घरधनीकाे अटेरी
64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  १३:४६
1140x725

बुटवल- बेलहिया-बुटवल सडकखण्ड अन्तर्गतको बुटवलको राजमार्ग क्षेत्र चौराहदेखि गोलपार्कसम्मको सडक विस्तारको काम पुनः प्रभावित भएको छ।

सडक विस्तार आयोजनाले पटक-पटक सूचना जारी गरेर सडक विस्तार गर्न खोजेपनि स्थानीयहरुले सडकमा परेका घर तथा संरचना भत्काउनका लागि आनकानी गर्दै अवरोध गरेका कारण सडक विस्तार कार्य प्रभावित बनेको हो।

३९ जना स्थानीय घरधनीले सडक विस्तार कार्य रोक्न माग गर्दै तुल्सीपुर उच्च अदालत बुटवल इजलासले सडक छेउका घरधनीको पक्षमा अन्तरिम आदेश जारी गर्दा बुटवलको सडक विस्तार कार्य प्रभावित भएको हाे।

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको हाल ४ लेनको सडकलाई ८२ फुट कायम गर्दै विस्तार गर्न लागिएको हो। ४ लेनको सडकलाई ६ लेन कायम गर्ने विषयले राष्ट्रिय स्तरमै चर्चा पाएको छ।

पटक-पटक अदालतमा पुगेकोे सडक विस्तार कार्य रोक्न माग गर्ने घरधनीहरुको निवेदनमाथि सुनुवाई गर्दै तुल्सीपुर उच्च अदालतको बुटवल इजलासले हाललाई सडक विस्तार रोक्नेसमेत आदेश दिएकाे हाे।
न्यायाधीसद्धय रमेश कुमार खत्री र गोकर्ण डांगीको संयुक्त इजलासले उक्त आदेश गरेको हो।

अदालतको आदेशपछि सडक विस्तार कार्य पुनः अन्योलमा परेको छ। अदालतले विपक्षीहरुसँग 'प्रमाणसहितको लिखित जवाफ माग्दै गत वर्षकै आदेश कायम रहेको भन्दै घर/संरचना भत्काउन रोक्नु' भनेको छ। गतवर्ष बैसाख १२ गतेका दिन उक्त मुद्दामा अदालतका न्यायाधीशद्वय लोहित चन्द्र शाह र मुनेन्द्र अवस्थीको संयुक्त इजलासले नेपालको संविधान, 'सार्वजनिक सडक ऐन २०३१' र 'जग्गा प्राप्ति ऐन २०३४' अन्तर्गत रहेर सडक विस्तार कार्य गर्न वेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनालाई आदेश दिएको थियो।

'सार्वजनिक सडक ऐन २०३१' र 'जग्गा प्राप्ति ऐन २०३४' ले व्यक्तिकाे जग्गा अधिग्रहण गरेर सरकारको नाममा ल्याएपछि मात्र सरकारले आफ्नो काम गर्न पाउने व्यवस्था गरेको छ। डिभिजन सडक कार्यालय बुटवलले उक्त जग्गा सार्वजनिक सडक ऐन र जग्गा प्राप्ति ऐनको प्रक्रिया पूरा गरेर २०५८ सालमै आफ्नो नाममा ल्याइसकेको दाबी गर्दै आएको छ।

पुनरावलोकनको लागि सर्वोच्च अदालतमा परेको निवदेनमा भने न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उच्च अदालतकै परमादेशलाई सदर गरेको थियो। बुटवलको सडक किनारका घरधनीहरुले सडक विस्तार कार्य तत्काल रोकी पाऊँ भन्दै तुल्सीपुर उच्च अदालतको बुटवल इजलासमा रिट दायर गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि सोही मुद्दाको फैसला गरेकै न्यायाधीशको इजलासमा परेका कारण शुक्रबार परेको उक्त मुद्दाको पेसी आइतबारका लागि सरेको थियो।

अदालतले मुद्दा सडकको विस्तार र स्तरोन्नतिको विषय भएको स्मरण गराउँदै उक्त विषय चाँडो टुंग्याउनुपर्ने भएकोले अग्राधिकारमा राखी यथाशक्य छिटो पेस गर्ने व्यवस्था मिलाउनसमेत रजिष्ट्रारलाई निर्देशन दिएको छ।

बुटवलका घरधनीहरु नारायणी देवी प्रधान, चोपनारायण श्रेष्ठ, सायरा खातुन, महेश्वर प्रसाद श्रेष्ठ, लालकुमारी श्रेष्ठ, किशोर विश्वकर्मा, जयकुमारी पौडेल, अमृत काफ्ले लगायतका ३९ जना घरधनीहरुले आन्तरिम आदेश मागेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सडक मिचेर घर बनाएको आरोप लागेका उनीहरुको अवरोधका कारण बुटवलको सडक विस्तार कार्य पटक-पटक अवरुद्ध हुँदै आएको छ।

३९ जनाले राेकेकाे सडक विस्तार

बुटवलको चौराहदेखि गोलपार्कसम्म ३ सय ५७ जनाको जग्गा मुख्य सडकतर्फकाे मोहोडामा परको छ। ३ सय ५७ जनामध्ये सडक विस्तार रोक्न माग गर्दै ३९ जना घरधनी मात्र अग्रसर देखिएका छन्। ३९ जनामध्ये केही व्यक्ति राजनीतिक पहुँच, पैसा र शक्तिको आडमा बसेर बुटवलको विकासलाई प्रभाव पार्नेगरी काम गरिरहेकाे आराेप लाग्ने गरेकाे छ।

सडक विस्तार आयोजनालाई प्रभावित गर्ने गरी केही समय अगाडि ती व्यक्तिहरुले प्रति हात १० हजार रुपैयाँका दरले पैसा उठाएको चर्चा चलेको थियो। उठेको उक्त रकम पहुँचवाला नेता र न्यायाधीशलाई बुझाएको पनि एक स्थानीय दाबी गरे।

सडक क्षेत्रभित्र पर्ने करिब १ सय घरधनीहरुले घर तथा आफ्ना सबै संरचना भत्काइसकेका छन् भने ११ जना घरधनीले घर भत्काएर मुआब्जा पनि लिइसकेको बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले जानकारी दिए। उनले अन्य ७ जनाको मुआब्जाको प्रक्रिया पुरा भएको र रकम बुझ्न बाँकी रहेको जानकारी दिए।

सर्वाेच्च अदालतसम्म पुगेको उक्त मुद्दा अदालतको आदेश बमोजिम गर्ने भन्दै आयोजनाले सडक सीमाभित्र रहेका घरजग्गाको कानुनी बैधता भए कागजातसहित मुआब्जाका लागि कार्यालयमा सम्पर्क राख्न सूचना जारी गरेको थियो।

घरधनीहरुले निर्माण आयोजनाले दिएको समयसीमा भित्र रितपूर्वकका कागजात पेस गर्न नसकेपछि अदालत पुगेका थिए।

आयोजनाले दोश्रो पटक यही बैसाख ८ गते सूचना जारी गर्दै ७ दिनभित्र सडक सीमा भित्रका घरटहरा खाली गर्न आग्रह गरेको थियो।

त्यस लगत्तै बैसाख १२ गते नारायणी देवी प्रधान, चोपनारायण श्रेष्ठ, सायरा खातुन, महेश्वर प्रसाद श्रेष्ठ, लालकुमारी श्रेष्ठ, किशोर विश्वकर्मा, जयकुमारी पौडेल, अमृत काफ्लेलगायत ३९ जना घरधनीहरुले सडक विस्तार कार्य तत्काल रोकी पाऊँ भन्दै तुल्सीपुर उच्च अदालतको बुटवल इजलासमा अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए।

घर तथा संरचना हटाउन आयोजनाले जारी गरेको समय शनिबारबाट सकिए पनि अदालतको आदेशपछि उक्त सूचना निष्कृय भएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह बुधबार, कात्तिक ४, २०८३
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्