जनकपुर– वीरगन्ज महानगरपालिका–११ ओम आश्रम नजिक पेन्ट गाेदाममा भीषण आगलागी भएको छ।
आगलागी भएको वरीपरि नेपाल फर्मासिटिकल्स लिमिटेड (एनपिएल)को औषधि कारखाना र बाक्लो बस्ती छ।
लक्ष्मी दीप इन्टरप्राइजेजको नाममा सञ्चालित गोदाममा साँझ करिब साँढे ५ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको प्रहरीले जनाएको छ।
बारा, पर्सा र सीमावर्ती रक्सौलको गरी आधा दर्जन वरूण यन्त्रको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।
आगो के कारणले लागेको हो भन्ने एकिन भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।