काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानिपोखरीको टोलीले ठुलो मात्रामा लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीले सोमबार काठमाडौं छाउनीमा रहेको 'द फुड हेवन' रेस्टुरेन्टबाट ७३ लाख ४९ हजार रुपैयाँ बराबरको लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं बालुवाटारका सरोज सिलवाल, कालिमाटीका अनिल भुजेल र नवीन मानन्धर, थापाथलीका दीपेन्द्र श्रेष्ठ, थापाथलीका दीपेन्द्र श्रेष्ठ, सिनामंगलका रञ्जित तिवारी र काभ्रेका सुजन तामाङ छन्।
उनीहरुको साथबाट लागू औषध आइस ड्रग्स भनिने मेथाफेटामाइन ७ सय ४४ ग्राम, बा ९१ प १९६७ नम्बरको स्कुटर, १ लाख ७६ हजार रुपैयाँ, ड्रग्स प्रयोग गर्न चाहिने पाइप ४५ वटा, डिजिटल तराजु बरामद भएको एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
बरामद लागू औषधको मूल्य ७३ लाख ४९ हजार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।