काठमाडौं– मंगलबारका मुख्य घटनाक्रमसहितका समाचारका शीर्षकहरू:
१) विष्णु पौडेलमाथि लाञ्छना लगाउने काम भएको प्रधानमन्त्री ओलीको भनाइ, पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण भएको तर्क।
२) बालुवाटार जग्गा प्रकरणः गोयल ग्रुपको निर्माण कम्पनीका नाममा मात्र १९ कित्ता, गायब पार्ने कम्पनी र व्यक्तिको संख्या ८३।
३) प्रदेश २ मा सरकार परिवर्तन गर्ने प्रचण्डको संकेत, नेकपाकै नेतृत्वमा बनेको सरकार मात्रै मधेसी जनताको हितमा हुने तर्क।
४) एएफसी कपमा मनाङको तेस्रो खेल भोलि, भारतको आइ लिग च्याम्पियन पञ्जावसँग खेल्दै।
५) र, आइएस नेता ’बगदादी’को भिडियो सन्देश सार्वजनिक, इराकी सहर बागुज आफूहरूको नियन्त्रणमा नभएको दाबी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।