राजविराज– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
खडक नगरपालिका–७ स्थित भषराज माविअगाडि दुर्घटना भएको हो।
मृत्यु हुनेमा साइकल यात्री शम्भुनाथ नगरपालिका–८ का ६५ वर्षीय हरिहर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
पश्चिम जाँदै गरेको बा ६५ प १३१ मोटर साइकलले सोही दिशामा जाँदै गरेको साइकललाई ठक्कर दिँदा मण्डल घाइते भएका थिए।
सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।