चितवन- भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। महतोलाई गैँडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।