सर्लाही- हरिवन नगरपालिकामा ५ दिनदेखि इनारमा खसेका एक वृद्धको साेमबार नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो।
गत बैसाख १२ गतेदेखि हराइरहेका जिम्बालाई साेमबार ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।