बेइजिङ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग साेमबार दिआवयुताइ सरकारी अतिथि गृहमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिका सदस्य तथा अनुशासनात्मक निरीक्षणका लागि केन्द्रीय आयोगका सचिव झाओ लेजीले भेटवार्ता गरेका छन्।
उक्त अवसरमा नेपाल–चीनबीचका समग्र पक्षमा छलफल भएकाे बताइएकाे छ। यसअघि राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा पनि नेपाल–चीन बीचका समग्र पक्षमा छलफल भएको थियो।
भेटका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका लागि दिएकाे निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा भ्रमण गर्ने वचन दिएका बताइएको छ।
दुई पक्षबीच अन्तरसीमा पूर्वाधार, कृषि, पर्यटन, लगानी, शिक्षाका सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए।
साेपश्चात् राष्ट्रपति भण्डारी चिनियाँ राष्ट्रपति चिनफिङका तर्फबाट सचिव लेजीले दिएको रात्रिभोजमा सहभागी भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।