नयाँ दिल्ली (एजेन्सी)– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस अभिनयका कारण भन्दा पनि सौन्दर्यता र फिटनेसका करण चर्चामा रहने गर्छिन्। फिटनेससँग सम्बन्धित उनको थुप्रै तस्बिरहरू अहिले पनि इन्स्टाग्राममा हेर्न सकिन्छ। हालै उनले पोलमा योगाभ्यास गर्दै गरेको फोटो सार्वजनिक गरेकी थिइन्। जुन आसन हरेक व्यक्तिको लागि सम्भव छैन्।
इन्स्टाग्राममा उनले यो आसनलाई योगिनी बताएकी छिन्। ज्याकलिनले यो आसन वरुण धवनलाई पनि सिकाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी छिन्।
उनको यो तस्बिर सार्वजनिक भएपछि सोसल मिडियामा कमेन्ट गर्नेको बाढि लागेको छ। कतिले उनको तारिफ गरेका छन् भने कसैले मजाक बनाएका छन्।
ज्याकलिन ‘रेस–३’ मा सलमान खानसँग हाल सुटिङमा व्यस्त छिन्। यस्तै, वरुण पनि आफ्नो आगामी फिल्म ‘अक्टुबर’ को सुटिङमा व्यस्त छन्। यो फिल्मलाई सुजित सरकारले निर्देशन गर्दैछन्। ‘जुडुवा–२’ पछि वरुण र ज्याकलिनको ‘ट्युनिङ’ राम्रो बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।