काठमाडौ- नेपाल वायुसेवा निगमले प्रवक्ता तथा क्याप्टेन विजय लामालाई पदबाट हटाएको छ।
निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणको पत्रपछि लामालाई प्रवक्ताबाट हटाएको हो।
प्राधिकरणले क्याप्टेन लामासँग विभिन्न संचारमाध्यमलाई दिएको सूचना तथा अन्तर्वार्ताका क्रममा बोलेको विषयलाई लिएर स्पष्टीकरण सोधेको थियो।
प्राधिकरणले सोधेको स्पष्टीकरणमा लामाले चित्तबुझ्दो जवाफ नदिएपछि प्रवक्ता पदमा रहँदासम्म जहाज उडानमा प्रतिबन्ध लगाउन भन्दै निगमलाई पत्र काटेको थियो।
प्राधिकरणको पत्र पाउनासाथ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले संस्थागत निर्णय गरी सोमबार नै क्याप्टेन लामालाई प्रवक्ता पदबाट हटाएको जानकारी दिए।
तर लामाका लागि जहाज उडानमा कुनै प्रतिबन्ध नलगाएको बताइएको छ।
यसै विषयमा नियामक निकाय प्राधिकरणले जहाज उडाउन प्रतिबन्ध लगाउन नपरे पनि लामाले नागरिक उड्डयनको नियम अनुसार कानुनी कक्षा भने लिनुपर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।