काठमाडौं- भ्रष्टलाई तत्काल कारबाही गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का युवा/विद्यार्थीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाएका छन्।
पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)मा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त)ले सोमबार भ्रष्टलाई तत्काल कार्वाही गर्न माग गर्दै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएका हुन्।
मुलुकमा भ्रष्टचार व्यापक बन्दै गएकाले तत्काल नियन्त्रणमा गर्न माग गर्दै अख्तियारमा ज्ञापन पत्र बुझाइएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेता राजेन्द्र गुरुङले जानकारी दिए।
'पार्टीमा आवद्ध युवा/विद्यार्थीहरुले ध्यानाकर्षण गराउँदा पनि भ्रष्टाचार नियन्त्रण गर्न सरकार र सम्बन्धित निकाय अग्रसर नभए भ्रष्टाचार नियन्त्रणका लागि कडा आन्दोलन गर्न सिंगो पार्टी नै बाध्य हुनेछ,' गुरुङले चेतावनी दिए।
ज्ञापनपत्र बुझाउन अख्तियार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का युवा/विद्यार्थीहरुले भ्रष्टचार नियन्त्रण गर्न नसकेको भन्दै सरकार र सम्बन्धित निकायविरुद्ध चर्को आलोचनासहित नाराबाजी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।