गाईघाट- त्रियुगा नगरपालिकाको जलजलेमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग प्रदूषणमुक्त भएको छ।
उद्योगमा पहिलो पटक भारतबाट करिब ३ करोड रुपैयाँको लागतमा खरिद गरिएको प्रदूषण नियन्त्रण गर्ने मेसिन जडान गरिएको उद्योग प्रशासनले जनाएको छ।
उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहका अनुसार, दुई हप्ताअघि उद्योग नै बन्द गरेर भारतीय इञ्जिनियर र उद्योगका प्राविधिक सहितका टोलीले मेसिन जडान गरेको हो।
अब उद्योगबाट सिमेन्ट उत्पादन गर्दा निस्कने प्रदूषण ९९.५ प्रतिशत नियन्त्रण हुने सहायक प्रबन्धक साहले दाबी गरे। उद्योग प्रशासनले शुक्रबारदेखि उद्योग सञ्चालन हुने जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।