काठमाडौं- सोमबारदेखि संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ।
सोमबार अपरान्ह बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्ण बहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पढेर सुनाएसंगै संघीय संसदको बजेट अधिवेशन सुरु भएको हो।
सभामुखले संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकको कारबाही आरम्भ भएको जानकारी गराउदै पत्र पढेर सुनाएका थिए।
बैठकमा अहिले अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा संसदीय दलका नेताहरुले शुभकामना मन्तव्य राख्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।