काठमाडौं– शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अवलोकनका क्रममा चिप्लिएर घाइते भएका जर्मन नागरिकको नेपाली सेनाले उद्दार गरेको छ।
वैशाख १३ गते निकुञ्ज अवलोकनको क्रममा चिप्लिएर १५ मिटर तल खसेका जर्मन नागरिक दि फेमस घाइते भएका थिए।
दि फेमस र उनकी पत्नी निकुञ्ज अवलोकन गर्न त्यहाँ पुगेका थिए।

सोही क्रममा घाइते भएका उनलाई महेन्द्र दल गणको पानीमुहान सुरक्षा गुल्मको पट्रोल टोलीले उद्धार गरेको हो।
उद्धार गरिएका फेमसलाई बुढानीलकण्ठस्थित पर्यटन प्रहरीलाई बुझाइएको नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।