भारतको विशेष अदालतले मुम्बई बम विस्फोटमा योजनाकार मानिएका अबु सलेमलाई बिहीबार जन्मकैदको फैसला सुनाएको छ।
सन् १९९३ मा भारतको मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटका पाँच अभियुक्तमध्ये ताहिर मर्चेन्ट र फिरोज खानलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
करिमुल्लाह खानलाई पनि जन्मकैद र रियाज सिद्दिकीलाई १० वर्ष कैदको फैसला गरेको छ।
मुम्बई बम विस्फोटमा २ सय ५७ जना मारिएका थिए भने ७ सय १३ जनाभन्दा बढी घाइते भएका थिए।
भारत सरकारले सलेमलाई पोर्चुगलबाट पक्राउ गरी ल्याएको थियो।
विस्फोटका अर्का अभियुक्त मुस्तफा दोसालाई गत जुन १६ मा विशेष अदालतले दोषी ठहर गरेको थियो। तर जुन २८ मा दोसाको मृत्यु भएकाले उनीविरुद्धको मुद्दा बन्द भएको थियो। यसै मुद्दाका अर्का अभियुक्त याकुब मेमनलाई भने सन् २०१५ जुलाईमा फाँसी दिइसकिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।