फाइल तस्बिर
काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन्।
नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थतामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले माग सम्बोधन भएकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त गरेका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिई काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिएका थिए।
काममा नगई व्यवसायिक मूल्यमान्यता कायम गर्न नसकेको भेटिए प्राधिकरणले विभागीय कारबाही गर्ने भएको छ।
'प्राविधिकहरुका माग सम्बोधन भैसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरु प्रतिबद्ध भई काममा लाग्नेछन्,' निर्णयमा उल्लेख गरिएको छ।
नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताए।
प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।
यस्ता छन् निर्णय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।