जनकपुर– धनुषा र महोत्तरीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी धनुषामा एक र महोत्तरीमा एक जनाको मृत्यु भएको हो।
धनुषाको सहिदनगर नगरपालिका वडा नं. २ नाथपट्टी नजिक गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। उनी कमला नगरपालिका- ९ का प्रमोद मंडल रहेको प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी महोत्तरीको पिपरा गाउँपालिका -५ जनकनगरी स्थित भिठ्ठामोडमा जनकपुरबाट भिठ्ठामोडतर्फ आउँदै गरेको ना ५ ख ६१३५ नं. को बसले साईकल यात्रीलाई ठक्कर दिंदा साइकलयात्रीको घटनास्थल मै मृत्यु भएको छ।
पिपरा गाउपालिका वडा नं. ७ बस्ने २२ को राज मुखियाको मृत्यु भएको हो।
ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको डिएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।
दुबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।