राजविराज- सर्वसाधारणसँग २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सप्तरीमा एक जनप्रतिनिधि पक्राउ परेका छन्।
सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष मो शिल्टु मियालाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो।
जग्गा नामसारीका लागि सिफारिस गर्न उनले सर्वसाधारणसँग घुस लिएको आयोगले जनाएको छ। ‘बाबुको नामबाट छोराको नाममा सार्नुपर्ने जग्गा नामसारीको सिफारिस गरेबापत उनले पहिला आफ्नो नाममा ३० लाखको तमसुक बनाउन लगाएका थिए। २५ हजार नगदै दिने सर्त थियो,’ स्रोत भन्छ, ‘जग्गा नामसारी भएपछि २ कठ्ठा जग्गा दिनुपर्ने र त्यसपछि तमसुक च्यात्ने सर्तमा वडाध्यक्ष सिफारिस दिन तयार भएका थिए।’
अख्तियारको टोलीले मियाँलाई नियन्त्रणमा लिई मुचुल्का तयार गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।