पथरी, मोरङ- सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन्। खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या देखिँदा महानगरपालिका आलोचित बन्दै आएको थियो।
विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौलाले आउँदो सातादेखि नगर क्षेत्रका करिब ७४ किलोमिटर सडक कालोपत्रे गर्न सर्भेक्षण भइरहेको जानकारी दिए।
एसियाली विकास बैंकअन्तर्गत रहेको (आरयुडिपी) को रु २ अर्ब ४० करोडको सहयोगमा सडक कालोपत्रे हुन लागेको हो। यस्तै सघन सहरी विकास कार्यक्रमअन्तर्गत रु एक अर्बभन्दा बढीको लगानीमा नगर क्षेत्रको ११ किलोमिटर थप सडक निर्माण गरिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।