काठमाडौं- आइतबार भएका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु
१) सरकारी अध्ययन टोलीद्वारा चन्द्रागिरीमा बनेका संरचना अवैध ठहर, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनभन्दा फरक।
२) आफैंले निर्धारण गरेको चिया मजदुरको न्यूनतम ज्याला कार्यान्वयन गर्न सरकार असफल, पारिश्रमिक नबढाउने व्यवसायीको अडान, मन्त्रालय भन्छ– छलफल हुँदैछ।
३) प्रदेश २ मा समायोजन भएर गएका कर्मचारीको भएन पदस्थापन, मुख्य रोजाइमा ’मालदार’ कार्यालय, शक्ति र रकमको चलखेल।
४) नेपाललाई एसिसी अन्डर–१६ च्याम्पियनको उपाधि, फाइनलमा मलेसिया ५९ रनले पराजित।
५) र, श्रीलंकामा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त, सुरक्षाकर्मीले घर घेरा हालेपछि आतंककारीले गराए आत्मघाती विस्फोट, १९ को मृत्यु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।