काठमाडौं– ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’ का १६ प्रतियोगीले सांस्कृतिक परेड प्रस्तुत गरेका छन्।
उनीहरूले विभिन्न जातजातिका भेषभुषामा सजिएर बसन्तपुर डबलीमा सांस्कृतिक परेड प्रस्तुत गरेका हुन्।
नेपाली कलासंस्कृति, भेषभुषा आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोकन गराउँदै सम्पदा जगेर्नाको सन्देश फैल्याउने उदेश्यले सांस्कृतिक परेडको आयोजना गरिएको आयोजक जेनिथ इन्टरटेनमेन्टका सिइियो बिक्रम सिंह मैनालीले जानकारी दिए।

प्रतियोगिले सम्पदा संरक्षणको सन्देश सहितका प्लेकार्ड सहित आ–आफ्नो प्रस्तुति दिएका थिए।
परेडलाई ‘लिटिल मिस हेरिटेज २०१८’ का जुनियर तथा सिनियर विजेताहरूले संयोजन गरेका थिए।
प्रतियोगिताको अन्तिम फाइनल भने आँउदो बुधबार अर्थात बैसाख १८ गते जावलाखेलस्थित देव हलमा सम्पन्न गर्ने आयोजकको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।