काठमाडौं– सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिएको छ।
सगरमाथा सफाइ अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइका क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो।
बेसक्याम्प पुगेका टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।
नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गत बैसाख १ गतेबाट सगरमाथा सफाइ अभियान सुरु गरेको हो।
अभियान अन्तर्गत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको र त्यसमध्ये करिब एक हजार केजी फोहोर हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको पनि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।
अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको छ।
अभियानमा १२ जना जनशक्ति परिचालन गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिब २ करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।