काठमाडौं- विगत लामो समयदेखि अभिनय यात्रामा क्रियाशील कलाकार हुन् किरण केसी। केसी ‘राता मकै’को उपनामले पनि दर्शकमाझ परिचित छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखला ‘जिरे खुर्सानी’मा राता मकैको क्यारेक्टरमा देखा परेका केसीलाई अधिकांश दर्शकले सोही उपनामले चिन्छन्।
यसै क्रममा केसीको उपनाम अर्थात् ‘राता मकै’को नाममा एक नयाँ प्रवेशद्वार निर्माण भएको छ। ललितपुर जिल्लास्थित इमाडोलको राता मकै चोकमा उक्त प्रवेशद्वार निर्माण गरिएको हो। प्रवेशद्वारलाई 'राता मकै गेट' नाम दिइएको छ।
गेटलाई ललितपुर लक्ष्मीनगरपालिका मेयर रामेश्वर श्रेष्ठ, वरिष्ठ कलाकारद्वय मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले आइतबार उद्घाटन गरेका छन्।
.jpg)
गेट कलाकार केसी आफैंले निर्माण गरेका हुन्। करिब १२ वर्ष अगाडि नामांकन भएको 'राता मकै' चोक र 'राता मकै' मार्गले आफूलाई गेट बनाउन प्रेरित गरेको केसीले बताए।
केही वर्ष राज्यले नै उक्त स्थानलाई 'राता मकै' चोकका रुपमा नामांकन गरेको सम्झँदै केसीले भने, ‘यस स्थानमा मैले आफूले सकेको विकास निर्माणमा हातेमालो गरिरहेको छु। त्यसैले यहाँ गेट आवश्यक देखेरे निर्माण गरेको हुँ र गेट बनाउनु मेरो दायित्व पनि ठान्दछु।’
केसी प्रस्तुतकर्ता रहेको फिल्म ‘दाल भात तरकारी’ प्रर्दशनको तयारीमा छ। फिल्ममा उनकै छोरा सुदन केसीको निर्देशन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।