वासिंटन- अमेरिकाले साउदी अरबको यात्रामा रहेका आफ्ना नागरिकहरुलाई छिमेकी देश यमनबाट मिसाइल आक्रमणको खतरा रहेको चेतावनी दिएको छ।
यो साताको सुरुवातमा साउदीको राजधानी रियादको अन्तर्राष्ट्रिय हवाई कार्यालय नजिकै हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणपछि अमेरिकाले आफ्ना नागरिकलाई सजग तुल्याएको हो। यद्यपि हुथीको मिसाइललाई बीचैमा रोकिएको थियो।
अमेरिका र साउदी दुवैले हुथी विद्रोहीले इरानबाट सो मिसाइल प्राप्त गरेको बताएका छन्। सिया मुस्लिम विद्रोही हुथीले यमनको अधिकांश क्षेत्रमा पकड जमाइरहेका छन्।
अमेरिकाले जारी गरेको यात्रा परामर्शमा गत वर्ष यमनबाट विभिन्न प्रमुख शहरमा लामो दूरीको मिसाइल प्रहार भएको भन्दै साउदीमा जहाँसुकै आकस्मिक रुपमा आतंकवादी आक्रमण हुन सक्ने जनाइएको छ।
अमेरिकी विदेश मन्त्रालयले अमेरिकी सरकारका कर्मचारी र तिनका परिवारजनलाई साउदीको कतिफ र होकुफ क्षेत्रको यात्रा गर्न लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।