रसुवा- नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टीका रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।
कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पक्राउ गरिएको हो। लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
तीन दिनअघि विप्लव समूहले जिल्लाको उत्तरगया गाउँपालिकाको लहरे चौतारामा पाँच वटा सुतली बम राखेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।