• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जानौं, चिनीले शरीरमा कसरी असर गर्छ?

64x64
नेपाल लाइभ आइतबार, वैशाख १५, २०७६  १२:२८
1140x725

हामीले खानाबाट प्राप्त गर्ने ग्लुकोजका बिभिन्न तत्वहरुलाई हामी डेक्स्रोज, फ्रुक्टोज, ल्याक्टोज, सुक्रोज, माल्टोज आदि नामबाट चिन्छौं। ग्लुकोज एक शक्तिदायक वस्तु हो जुन प्रायः सबै फलफूल र तरकारीमा पाइन्छ। ग्लुकोज हाम्रो रगतमा पनि हुन्छ। फ्रुक्टोज प्रायः सबै तरकारी र फलफूलमा पाइन्छ। ल्याक्टोज नामक ग्लुकोज दूधमा पाइन्छ जुन विस्तारै पच्दछ। उखुबाट उत्पादन गरिने चिनीलाई रासायनिक रूपमा सुक्रोज भनिन्छ। माल्टोज नामक ग्लुकोज गहु“बाट उत्पादन हुन्छ।

ग्लुकोजले हामीलाई तत्कालै शक्ति प्रदान गर्छ। त्यसैले यसलाई शुद्ध क्यालोरी पनि भनिन्छ। अन्य पदार्थजस्तो यसलाई पचाउनको लागि धेरै समय आवश्यक पर्दैन। यो तत्कालै पचेर रगतमा जाने हुनाले अत्यन्त कम समयमै यसले शक्ति प्रदान गर्छ। सुद्धकिरण गरेर उत्पादन गरिएको चिनी बाहेक अन्य वस्तुले पनि ग्लुकोज प्रदान गर्छन्। जस्तैः टुसायुक्त खाना, गेडागुडी, सागसब्जी, दूध, बदाम, फलफूल, काजु, किसमिस आदि। हामीले तरवुजा, मौसम, सुन्तला, कागती, अंगुर आदि फलफूलबाट तथा सिमी, केराउ, सलगम, सुन्तला, आरु, भुइँकटहर आदि हरियो तरकारीबाट पनि शरीरलाई चाहिने शक्ति पाउ“छांै। शक्ति प्राप्त गर्न हामीले बजारबाट अनेक थरीका नाम भएका ग्लुकोजका बट्टाबाट किनेर खुवाउँछौं। यसमा बढी पैसा खर्च हुने भए पवनि यसबाट खासै लाभ भने हुँदैन।

चिनीलाई रासायनिक रूपमा सुक्रोज भनिन्छ। यसलाई पहिले मन्द सेतो विष भनिए पनि हाल आएर यसलाई सेतो मृत्यु भन्ने गरिन्छ। यो एकदम क्यालोरीयुक्त हुन्छ र यसमा शरीरलाई चाहिने खनिज पदार्थ, भिटामिन र लवणको एक अंश पनि हु“दैन। प्रकृतिले हामीलाई ग्लुकोजको मात्रा अन्य धेरै प्राकृतिक वस्तुबाट प्रदान गरिरहेको हुन्छ। त्यसैले विभिन्न गुलिया वस्तु जस्तै मिठाई हामीले खाइरहनु  आवश्यक छैन। यो त शरीरलाई भन्दा जिब्रोको स्वादको लागि मात्र खाइने कुरा हो।

 
चिनीबारे केही जानकारी 
- यदि मह, चिनीजन्य खाद्यपदार्थ र उखुको रसबाट ग्लुकोज प्राप्त गर्न सकिने भएका कारण त्यस्ता पदार्थ सामान्य अर्थात् थोरै मात्रामा खानुपर्छ।
- मिठाई, बोतल या टिनको बट्टाका पेय पदार्थ, जाम, जेली जस्तो प्याक गरेर बनाइएको खाद्य पदार्थको रूपमा भएका कुनै पनि चिनीयुक्त खानाले शरीरलाई  फाइदा गर्दैन।
- किसानहरूले आफ्ना पशुपंक्षी हुर्काउनकालागि पोषणयुक्त खाना खुवाउँछन् तर जनावर र पंक्षीलाई चिनी खुवाउनु पर्दैन। किनभने चिनी पशुपंक्षीकालागि हानिकारक हुन्छ। पशुपंक्षीलाई बेफाइदा हुने खाद्यपदार्थ मान्छेलाई पनि हानीकारक नै हुन्छ ?
- धेरैले हामीले चिनी प्रयोग गरेनांै भने हामीलाई शक्ति कसरी प्राप्त हुन्छ भन्ने पनि गरेका छन्। तर हामीले चिनी केही सय बर्षअधि मात्रै प्रयोग गर्न थालिएको हो भन्ने बिर्सनु हुँदैन। परापूर्वकालका मानिसहरू हामीभन्दा बढी काम गर्दथे। उनीहरु सूर्योदयदेखि सूर्यास्तसम्म लगातार शारीरिक काम गर्थे। त्यतिखेर चिनी नभएपनि उनीहरु शक्ति प्राप्त गर्दथे। उनीहरूले प्राकृतिक रूपमा पाइने फलफूलबाट नै शरीरलाई चाहिने शक्ति पाउथे र स्वस्थ भएर बाच्थे।

चिनीले शरीरमा गर्ने असर

Ncell 2
Ncell 2
nimb
nimb

प्रशोधन गरिएको खानेकुराले शरीरको भिटामिन र लवणको चोरी गर्छ र शरीरमा ती तत्वको अभाव गराउँछ। सामान्य र गरिब मानिसले खाने खाना सस्तो र प्रशोधन नभएको हुन्छ। प्रशोधन नभएको खाना प्राकृतिक र स्वस्थकर हुन्छ। तर धनीले खाने खाना प्रशोधित हुन्छ र यो तयार गर्ने क्रममा मानिसले धेरै हस्तक्षेप गरेको हुन्छ। चिनी र नुन थप्ने, बोक्रा र गुदी फ्याक्ने तथा नकुहिने कुरा राखेर बट्टाबन्दी गरिने हुँदा यो क्रममा यसमा धेरै अहितकर वस्तु थपेर वा पकाउने क्रममा राम्रा कुरा फ्याँकेर बनाइने गरिन्छ। त्यसैले विडम्वना के देखिन्छ भने गरीबले पोषणयुक्त र धनीले असन्तुलित भोजन खाने गर्छन्। प्रशोधन गर्ने वा शुद्ध पार्ने क्रममा खानेकुरामा रहने भिटामिन तथा लवण धेरै खेर फालिन्छ।

प्रशोधित रूपमा चिनी प्रयोग हुने मिठाइ, सिरप, सर्वत, जाम, जेली, क्यान्डी, टफी, चकलेटजस्ता खानेकुरा मीठो र राम्रो बनाउने क्रममा शरीरकालागि उपयोगी तत्व खेर फालिएको हुन्छ। यसरी फालिने वस्तुहरुमा भिटामिन बी कम्प्लेक्स र क्याल्सियम प्रमुख हुन्। प्रशोधित चिनीमा यी दुई कुराहरू नरहने भए पनि  पाचन प्रक्रियाको लागि यी तत्व आवश्यक पर्छन्। यसले गर्दा शरीरमा पहिलेदेखि नै रहेका यो दुई कुराको मद्दतले चिनी र अन्य पदार्थको पाचन हुन सक्छ

 
प्रोटिन, भिटामिन र लवणको कमी

Xtrem
Xtrem

हाम्रो पेटको क्षमता सीमित हुन्छ। हामीले चिनीयुक्त खाना धेरै खाएमा त्यसबेला प्रोटिन, भिटामिन र लवणयुक्त खानाकालागि ठाउ“ रह“दैन। फेरि चिनीयुक्त खानामा रुचि बढ्न थालेमा अरु खानाप्रति रुचि घट्न थाल्छ। उदाहरणार्थ मिठाई, सिरप, चकलेट, आइसक्रिम खान खोज्नेले दालभात, फलफुल र सलाद नखाने वा कम खाने गर्छन्। यो अर्को किसिमले पर्न जाने नकारात्मक असर हो।

 
मुटु र प्रशोधित चिनी

लण्डन मेडिकल कलेजमा डाक्टर लुडकिनले हालमा मुटुसम्बन्धी समस्या बढ्नुको दोष चिनीयुक्त कृत्रिम रूपमा तयार पारिएका एवं बट्टाका खानेकुरालाई दिने गरेका छन्। उनका अनुसार प्रशोधित चिनीयुक्त एवं रेशा कम हुने खानाको उपयोग जति बढ्दै जान्छ, उति नै मुटुको समस्या बढ्दै जान्छ।

यसर्थ मानिसले चिनी बढ्दो मात्रामा खपत गरेमा त्यसवापत् प्राकृतिक नियमविरुद्ध रोगको रूपमा सजाय भोग्नु पर्दछ। स्वास्थ्यबारे राम्रो जानकारी राख्ने डाक्टरहरूले पनि यसको राम्रै उपभोग गर्छन् भने यो कसरी अहितकारक हुनसक्छ भन्ने तर्क पनि गर्ने गरिन्छ। तर, जान्नेले प्रयोग गर्दैमा कुनै पनि कुरा हितकर हुने होइन। डाक्टर, अनुसन्धानकर्ता तथा अन्य जानकार व्यक्तिले धूमपान खराब छ भन्ने थाहा नपाएर उपभोग गरेको होइन, स्वास्थ्यप्रति बेवास्ता गर्ने बानीका कारण हो। चिनीको खपत पनि यही कारणले बढेको छ। चिनीले स्वास्थ्यमा के–कस्तो असर गर्दछ भन्ने कुरा चिनी कम वा बढी खपत गरेर हेरौं। चिनीको खपत घटाएर त हेरौं उपभोग घट्दा स्वास्थ्य स्थितिमा के–कस्तो असर पर्छ– थाहा भइ नै हाल्छ।

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्