काठमाडौं– इन्टरनेट सेवा प्रदायक एवं सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपिएनओजी) ले चितवनमा सूचना प्रविधि सम्मेलन गर्ने भएको छ।
मंसिर २३ देखि २५ गतेसम्म हुने कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक, प्रविधिको अनुसन्धान एवं शिक्षण संलग्न व्यक्तिबिच विश्वमा भइरहेका उत्कृष्ट अभ्यासको बारेमा अन्तरक्रिया हुनेछ।
पहिलो २ दिन प्राविधिक विषयवस्तु समावेश गरिएको कार्यशाला गोष्ठि हुनेछ। अन्तिम दिन सम्मेलन गरिनेछ। तीन दिने कार्यशाला गोष्ठिमा २ विषयमा छलफल एवं कार्यपत्र प्रस्तुत गरिने छ।
कार्यशालामा एनपिएनओजीका सदस्य विशेषज्ञहरुका साथै अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ज्ञान एवं सिप आदानप्रदान गर्नेछन्। कार्यक्रम स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत् विधाथी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतका लागिलाभदायक आयोजकको दाबी छ। गोष्ठिमा सहभागी हुन चाहने विद्यार्थीका लागि लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ। कार्यक्रममा सहभागी हुन चाहनेमध्ये ४० प्रतिशत महिला सहभागीहरुलाई प्रश्नावली एवं दर्ताको आधारमा विशेष छात्रवृत्ती समेत दिइने छ ।
एनपिएनओजीका अध्यक्ष समित जनका अनुसार कार्यक्रमले सूचना तथा संचार प्रविधिको विश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।