काठमाडौं- नेपाली बजारमा विभिन्न कम्पनीले फरक–फरक स्वाद र शैलीका नुडल्स (चाउचाउ) हरु भित्र्याइरहेका छन्।
कोरियन ब्राण्डको चाउचाउ पनि हाल नेपाली बजारमा बिक्री सुरु भएको छ। एभरेस्ट ट्रेडिङ कम्पनी कोरियामार्फत ओकतुगी, नोङ्घी र रामेन ब्राण्डका चाउचाउको बिक्री सुरु भएको हो। नेपाली जिब्रो र स्वादलाई केन्द्रमा राखेर यो ब्राण्डको चाउचाउ बिक्री सुरु गरिएको एभरेस्ट ट्रेडिङ कम्पनीले जनाएको छ।
हाल भाटभटेनी सुपर मार्केटका शाखाहरुबाट यसको बिक्री भइरहेको छ। सुरुवाती चरणमा ‘सेल्स एन्ड टेस्टिङ प्रमोशन’का लागि नोभेम्बर ३० सम्म भाटभटेनी सुपर मार्केटका ब्रान्चमा यो नुडल्सको स्वाद निःशुल्क चखाइँदैछ।
अहिलेसम्म झन्डै ७ हजार ग्राहकलाई यसको स्वाद चखाइसकेको र उनीहरुले परम्परागतभन्दा फरक स्वाद रहेको प्रतिक्रिया दिएका कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।