टुरिन- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब करिअरमा ६००औं गोल गरेका छन्।
इटालियन च्याम्पियन युभेन्ट्समा यहि सिजन आबद्ध भएका रोनाल्डोले इटालियन सिरि ए अन्तर्गत इन्टर मिलानविरुद्ध गए राति गोल गरेका हुन्। उनले खेलको ६२ मिनेटमा बराबरी गोल फर्काएका थिए। खेलमा युभेन्ट्स बराबरीमा रोकियो। यद्यपी युभेन्ट्सले यसअघि लिगको उपाधि जितिसकेको छ।
रोनाल्डोले युभेन्ट्सका लागि २७ गोल गरिसकेका छन्। स्पोर्टिङ लिस्बनका लागि ५ गोल गरेका उनले म्यानचेस्टर युनाइटेडका लागि १ सय १८ गोल गरेका थिए। यस्तै उनले सर्वाधिका गोल रियल म्याड्रिडका लागि ४ सय ५० गोल गरेका थिए।
यता लिओनल मेसीले अहिलेसम्म ५ सय ९८ गोल गरेका छन्। उनले शनिबार लेभान्तेविरुद्ध गोल गरेका थिए। मेसीले सबै गोल बार्सिलोनाका लागि गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।