बार्सिलोना- बार्सिलोनाले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बार्सिलोनाले गए राति भएको खेलमा लेभान्तेलाई १-० गोलले पराजित गरेर ला लिगाको उपाधि जितेको हो।
बार्सिलोनाले २६औं पटक ला लिगाको उपाधि जित्दा मेसीले पनि दशौं पटक उपाधि जित्न अवसर पाए। मेसीले बार्सिलोनाका लागि समग्रमा ३४औं उपाधि उचाले। उनी बार्सिलोनाका लागि सबैभन्दा बढी उपाधि उचाल्ने खेलाडी हुन्।
लेभान्तेविरुद्धको खेलमा मेसी बेन्चमा थिए। दोस्रो हाफमा मैदान छिरेका मेसीले ६२ मिनेटमा गोल गरेका थिए।
बार्सिलोनाले पछिल्लो पाँच वर्षमा चौथो पटक ला लिगाको उपाधि जितेको हो। ला लिगाका सर्वाधिक गोलकर्ता मेसीले जारी सिजनमा ३४ गोल गरिसकेका छन्।
लिगमा बार्सिलोनाले अन्तिम ३ खेल्न बाँकी छदा उपाधि जित्न सफल भयो। उसले ३५ खेलबाट ८३ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७४ र तेस्रो स्थानको रियल म्याड्रिडको ६५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।