काठमाडौं- आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ। गए राति भएको खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै प्लेअप सम्भावना जीवित राखेको हो।
पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो। उसका लागि मनिष पाण्डेले सबैभन्दा बढी ६१ रन जोडे भने डेभिड वार्नरले ३७ रनको योगदान दिए। बलिङमा राजस्थानका बरुण आरोन, थोमस, श्रेयस गोपाल र जयकान्त उनाडकदले २-२ विकेट लिए।
१ सय ६१ रनको लक्ष्य राजस्थानले ५ बल खेल्न बाँकी छदा ४ विकेट गुमाएर भेट्टायो। राजस्थानका लागि अजिन्का राहाणेले ३९ रन जोडे भने लिभिङ स्टोनले ४४ रनको योगदान दिए। सन्जु सामसनले ३२ बलमा नटआउट ४८ रनको योगदान दिए।
जितसँगै राजस्थान १२ खेलबाट १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। पाँचौ स्थानको पन्जाव र चौथो स्थानको हैदरावादको पनि १०-१० अंक नै छ। शीर्ष चार टिम प्लेअफमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।