काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तेश्रो धारका नेताहरूसँग शनिबार छलफल गरेका छन्।
नेता कृष्णप्रसाद सिटौलासहित उनी पक्षीय नेतासँग देउवाले बुढानीलकण्ठस्थित निवासमा आफ्नै निवासमा बोलाए। छलफल गरेका हुन्।
देउवाले बोलाएको बैठकमा सिटौलासहित गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीलगायतका नेता पुगेको बताइएको छ।
कार्य सम्पादन समिति गठनमा भएको विवाद भएसँगै केन्द्रीय समितिको बैठक बस्न सकेको छैन। नेता सिटौलाले कार्य सम्पादन समिति गठन प्रक्रियामा असन्तुष्ट भएपछि उक्त समितिको गठन नगरी सभापति विभाग गठनको विषयमा प्रवेश गरेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भागबन्डामा ४० प्रतिशत पाउने गरी भएको अनौपचारिक सहमति यसअघि नै बनेको थियो।
उक्त सहमतिप्रति सिटौलाले असहमति प्रकट गर्दै आएका छन्।
कार्य सम्पादन समिति र विभाग गठनका विषयमा देउवासँग छलफल भएको बताइएको छ।
दिउँसो बोलाइएको बैठक दुई घन्टाभन्दा बढी चलेको थियो।
तेस्रो धारका नेताहरुलाई गठन हुने विभागमा सहमति गराउनका लागि देउवाले बैठक बोलाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।