काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकूदको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
नेपाल भलिबल सङ्घले ललितपुरको लगनखेलमा शनिबारदेखि सुरु गरेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, 'नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेका छन्, खेलकूद क्षेत्रमा नेपाली महिलाको योगदानले देशको शीर उच्च भएको छ।'
केही महिनाअघि विराटनगरमा भएको साफ महिला फुटबल प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शनले यस विषयलाई प्रमाणlत गरेको अध्यक्ष दाहालको भनाइ थियो।
पूर्वप्रधानमन्त्री दाहालले खेलकूद क्षेत्रमा राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिए।
उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यस पटकको बजेटमा समेत भलिबललाई आवश्यक बजेट छुट्ट्याउन पहल गरेको स्मरण गरे।
नेपाल भलिबल सङ्घले यसैवर्ष अन्तर्राष्ट्रियस्तरको महिला भलिबल आयोजना गरेकामा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।