हेरात, अफगानिस्तान- अफगानिस्तानमा दुई अपरिचित व्यक्तिले दुई किशोरीमाथि एसिड प्रयोग गरी आक्रमण गरेका छन्।
हेरात सहरका प्रहरी प्रवक्ता सैयद अहमद मोहम्मदीले किशोरीलाई उद्धृत गर्दै भने, 'सडकमा हिँडिरहेका नागरिक समाजका अगुवाका छोरीहरूमाथि मोटरसाइकलमा आएका दुई अपरिचित किशोरले एसिड प्रयोग गरी आक्रमण गरेका रहेछन्।'
याक्ता र फरेस्ता नाम गरेका दुई बहिनीलाई आक्रमण भएको दाबीपछि प्रहरीले छानबिन सुरु गरेको प्रहरी प्रवक्ता मोहम्मदीले बताए।
'आक्रमणमा एसिड नै प्रयोग भएको थियो वा अन्य कुनै पदार्थको प्रयोग भएको हो भन्नेबारे अहिल्यै भन्न हतार नगरौँ। छानबिनपछि सबै बाहिर आउनेछ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।