लिभरपुल- इंग्लिस प्रिमियर लिगमा लिभरपुर पुन: शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले गए राति भएको खेलमा हडर्सफिल्ड टाउनलाई ५-० ले हराएर म्यानचेस्टर सिटिलाई अंक तालिकामा पछि पारेको हो।
लिभरपुलका लागि केइटाले पहिलो मिनेटमै गोल गरेका थिए। साडियो मानेले खेलको २३ र ६६ मिनेटमा गरी २ गोल गरे। मोहमद सलाहले पहिलो हाफको इन्जुरी टाइम र ८३ मिनेटमा गोल गर्दा लिभरपुलले सहज जित हात पारेको हो।
लिगमा लिभरपुलले ३६ खेलबाट ९१ अंक जोडेको छ। दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीले एक खेल कम खेलको छ। सिटीको ८९ अंक छ। यसअघि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराएर शीर्ष स्थानमा उक्लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।