काठमाडौं- आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्स दोस्रो स्थानमा उक्लिएको छ। गए राति भएको खेलमा मुम्बईले शीर्ष स्थानको चेन्नई सुपरकिंग्सलाई ४६ रनले हराएको हो।
पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १ सय ५४ रन जोड्यो। उसका लागि कप्तान रोहित शर्माले ६७ रन जोडे। इभिन लेविसले ३२ रन र हार्दिक पाण्ड्याले नटआउट २३ रन जोडे। बलिङमा चेन्नईका मिचेल सान्टनरले २ विकेट लिए।
१ सय ५५ रनको लक्ष्य पछ्याएको चेन्नई १७.४ ओभरमा १ सय ९ रनमा अलआउट भयो। उसका लागि ओपनर मुरली विजयीले ३५ बलमा ३८ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा मुम्बईका लासिथ मालिङ्गाले ४ विकेट लिए। क्रुनाल पाण्ड्या र जसप्रित बुमराहले २-२ विकेट लिए।
लिगको शीर्ष स्थानको चेन्नईको १२ खेलबाट १६ अंक छ। मुम्बईको ११ खेलबाट १४ अंक छ भने तेस्रो स्थानमा झरेको दिल्ली क्यापिटल्सको पनि १४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।