• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अपहरण गरी हात खुट्टा काटेर मार्ने १६ जना जेल चलान, ३ धरौटीमा रिहा, १३ अझै फरार

जग्गा काराेबारका कारण भएकाे थियाे अपहरण पश्चात हत्या
64x64
नारायण अधिकारी शुक्रबार, वैशाख १३, २०७६  २०:३२
1140x725

काठमाडौं– अपहरण गरी हात खुट्टा काटेर हत्या गर्ने १६ जना जेल चलान भएका छन् भने ३ जना धरौटी रिहा भएका छन्।

भारतको बहराइज थाना मोतिपुर घर भई नेपालगञ्ज बस्दै आएका जुदेन अन्सारीको हत्यामा संलग्न १६ जना जेल चलान भएका हुन्। जुदेनको अपहरण पश्चात हात खुट्टा काटेर हत्या गरिएको थियो। 

जग्गा काराेबारका कारण भएकाे थियाे अपहरण पश्चात् हत्या
नेपालगञ्ज उपमहानगरपालिका– ३ का खैरुल हसन अन्सारीले र नेपाल बस्दै आएका जुदेनले साझेदारीमा काम गर्दै आएका थिए। 

सोही क्रममा गत माघ १० गते खैरुलले जुदेनलाई फोन गरेर चार बाहिनीचोक नेपालगञ्जमा बोलाएका थिए। जुदेन खैरुलले बोलाएपछि चोकमा पुगेका थिए। त्यसपश्चात उनको अपहरण भएको थियो। 

जुदेनलाई अपहरण गरी भारतको बाबागञ्ज एरियामा लगिएको थियो। त्यसपछि माघ १२ गते साँझ भारत बाबागञ्ज एरियामा जुनेदको एउटा हात, एउटा खुट्टा काटिएको र जल्दै गरेको अवस्थामा लास फेला परेको थियो। 

घटनामा प्रारम्भिक मुचुल्का लगायतको कार्य प्रहरी थाना भारत नवाबगञ्जबाट भएको थियो। जुनेदको श्रीमती गौरी मल्ल अन्सारीले भारत नबाबगञ्जमै गई शव सनाखत गरीसकेपछि फागुन १३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। 

त्यसपछि प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा खैरुल हसन अन्सारी सहित नेपाल र भारतका अन्य ५ जना को संलग्नतामा जुदेनलाई अपहरण गरी हत्या गरेको खुल्न आएको थियो।

अनुसन्धानको क्रममा खैरुल र मृतक जुनेदले मालपोत कार्यालयका कर्मचारीहरूसँग मिलेर सरकारी जग्गाका सक्कली कागजातहरू आफ्नो नियन्त्रणमा लिई कर्मचारीको सेटिङमा सरकारी जग्गा आफन्तको नाममा नामसारी गराउने गरेको पाइएको थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

सोही क्रममा उनीहरूले बाँकेको खास कारकाँदो– ७ को कित्ता नं २१० को ५ कट्ठा १३ धुर, सिक्टा सिँचाइ आयोजनाको कम्पाउण्डभित्रको जग्गा ९ महिनाअघि  सरकारी कागज किर्ते गरी आफ्नो आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी श्रेस्ता कायम गरेका थिए। 

नेपालगञ्ज उपमहानगरपालिका– ३ कित्ता नं १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी जुनेद अन्सारीको सासु लाली मल्लको नाममा ८ महिना पहिला जग्गा धनी दर्ता श्रेस्ता कायम गरिएको थियो। 

त्यस्तै साविक बर्दिया नेउलापुर गाविस –७ को कित्ता नं १९१ ९(ख), ७, ८, ५०, ६१, ६३ को ६ बिगाह ३ कट्ठा १४ धुर सरकारी जग्गा ७ महिना पहिला खैरुल हसन अन्सारीको बाबुको नाममा दर्ता श्रेस्ता कायम गरी गत पुस १२ गते आमा हसरतुन निसा अन्सारीको नाममा नामसारी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। 

बाँके, बर्दियाका मालपोत कार्यालयका सरकारी जग्गाका श्रेस्ता (सक्कल कागजात) खैरुलबाट जुनेदले आफ्नो डेरा कोठामा राख्ने गरेका थिए। खैरुलले जुदेनसँग उक्त जग्गाका कागजातहरु पटक पटक नष्ट गर्नका लागि माग गरेका थिए। तर, उक्त कागजात जुनेदले नदिएको अनुसन्धानको क्रममा खुल्न आएपछि मृतक जुनेदको कोठाबाट उल्लेखित सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी भएका सक्कल कागजपत्रहरु बरामद भएका थिए।

Xtrem

Xtrem

सोही क्रमममा विवाद हुँदा उनको अपहरण गरी हत्या गरिएको थियो। 

को को भए जेल चलान, को को फरार ?
पुर्पक्षका लागि जिल्ला अदालत बाँकेले १६ जनालाई थुनामा पठाएको छ। कारागार चलान हुनेमा खैरुल असन अन्सारी, सज्जन सैयाद, मालपोत अधिकृत पुष्पा श्रेष्ठ, लेखनदास बृहस्पति खड्का, लेखनदास पप्पु धोबी, रामकुमार रोका छन्।

त्यसैगरी नासुहरू रामबहादुर खड्का, रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, कृष्णलाल शर्मा, यज्ञश्वर वली, मानबहादुर केसी छन्। खरिदारहरू भूमिराज पोखरेल र सुशील रिजाल, कम्प्यूटर अपरेटर लक्ष्मी मल्ल र कार्यालय सहयोगी अन्तराम चौधरी कारागार चलान भएका छन्।

खरिदारहरू सञ्जयकुमार थारु, तुल्सारानी थारु र सहायक कम्प्यूटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी धरौटीमा रिहा भएका छन्।

उनीहरू एक एक लाख रुपैयाँ धरौटीमा रिहा भएको बाँकेका एसपी अरुण पौडेलले बताए। फरार हुनेमा भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका मालपोत अधिकृत हेमराज शर्मा, भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली, भूमि सुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पोखरेल, भूमि सुधार तथा मालपोत कार्यालय कावासोतीका मालपोत अधिकृत अशोककुमार भट्टराई छ्।

त्यस्तै खरिदारहरू किशोरकुमार रिजाल, कुलानन्द राउत, रवीन्द्र थापा, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय पनि फरार छन्।

त्यसैगरी प्रहरीको फरार सूचीमा अवधेश ठाकुर, बच्छराज लोनीया, अकबर अली खाँ र सब्बिर अली सिद्धिकी र एक जना भारतीय नागरिक छन्। उनीहरु भने सर्वसाधारण हुन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्