चितवन- नेकपा एमालेका नेता माधवकुमार नेपालले आगामी निर्वाचनलगत्तै पार्टी एकता हुने बताएका छन्।
संयुक्त वाम गठबन्धनले चितवनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता नेपालले जनताको चाहना अनुसार दुवै पार्टीको एकतालाई चुनाव लगत्तै पूर्णता दिइने बताए।
स्थानीय तहको निर्वाचनमा एमाले-माओवादीले मिलेर देशभरबाट ६१ प्रतिशत जित निकालेको दाबी गर्दै नेपालले आगामी निर्वाचनमा दुई तिहाई मत ल्याएर मुलुकलाई नेतृत्व गर्ने बताए। देशमा सिंगो विकासको लहर पैदा गर्न गठबन्धन निर्माण गरेको जिकिर गर्दै उनले निर्वाचनपछि बन्ने कम्युनिस्ट सरकारले गतिशील प्रशासन र भ्रष्टचारमुक्त समाज निर्माण गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।