भारतमा हरेक दिन सडक दूर्घटनाबाट ४ सय जनाको ज्यान जाने गरेको छ। यो तथ्याङ्क बुधबार सरकारले जारी गरेको रिपोर्टमा सार्वजनिक भएको छ। सडक दूर्घटनामा १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरु बढि रहेको तथ्याङ्कले उजागर गरेको छ।
पछिल्लो वर्ष घण्टामा ५५ वटा दूर्घटना हुने गरेको र त्यसमा १७ जनाले ज्यान गुमाउने गरेका थिए। गत वर्षको तुलनामा यो वर्ष सडक दूर्घटना ४ दशमलव १ प्रतिशतले न्युन भए पनि मृत्यु दर ३ दशमलव २ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले बताएको छ।
यातायातमन्त्री नितिन गडकरीले सार्वजनिक गरेको रिपोर्टमा गत वर्ष भारतमा ४ लाख ८० हजार ६ सय ५३ सडक दूर्घटना भएको थियो। जसमा १ लाख ५० हजार ७ सय ८५ जनाले ज्यान गुमाएका थिए भने ४ लाख ९४ हजार ६ सय २४ गम्भीररुपले घाइते भएका थिए।
दूर्घटनामा पर्नेहरुमा १८ देखि ३५ वर्षमूनीका युवाहरु ४६ दशमलव ३ प्रतिशत थिए।
सडक दूर्घटना सबैभन्दा धेरै १३ राज्यमा भेटिएको छ। ८६ प्रतिशतसम्म दूर्घटना हुने राज्यमा तमिलनाडु, मध्यप्रदेश, कर्नाटक, उत्तर प्रदेश, आन्ध्र प्रदेश, गुजरात, तेलङ्गाना, छत्तीसगढ, पश्चिम बंगाल, हरियाणा, केरल, राजस्थान र महाराष्ट्र पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।