जनकपुर- प्रदेश २ मा ४ जिल्लाका नेकपा नेताहरुले पार्टीले मनोनयन गरेको सचिव पद अस्वीकार गरेका छन्। उचित मुल्यांकन गरी पद नदिएको भन्दै असन्तुष्ट नेकपाका चार नेताले पार्टीले मनोनयन गरेको सचिव पद अस्वीकार गरेका हुन्।
आफूूभन्दा कनिष्ठ पूूर्व एमालेका नेताहरुलाई अध्यक्ष पद दिएको भन्दै पूर्व नेकपा (माओवादी केन्द्र)का नेताहरुले पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेर पद अस्वीकार गरेका हुन्।
पद अस्वीकार गर्नेहरुमा धनुषाका सचिव श्रवण बरबरिया यादव, सर्लाहीका सचिव डाचाराज वाग्ले, राैतहटका सचिव युवराज भट्टराई र पर्साका सचिव विजय प्रसाद महतो छन्।
उनीहरुले लिखितरुपमै आफूहरु सचिव पदमा नबस्ने भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पत्र पठाएका छन्। पार्टीका शीर्ष नेताहरुले आफूहरुलाई मानमर्दन हुने गरी पद दिएको र शीर्ष नेतृत्व कम्युनिष्ट विचारबाट विचलित भएको उनीहरुकाे आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।