थकान महसुस हुनु : ब्लड क्यान्सरबाट पीडित भएपछि मानिसलाई थकान र कमजोरी महसुस हुन्छ । रगतमा राता रक्तकोशिकाको संख्या कम हुन थाल्छ, जसबाट रगतको पनि कमी हुन्छ।
पटक– पटक संक्रमित हुनु : प्रभावित मानिस पटक–पटक संक्रमित हुन्छ । जब शरीरमा ल्युकिमियाको कोष विकसित हुन्छ । रोगीको मुख, घाँटी, छाला, फोक्सो आदिमा संक्रमण देखिन्छ।
तौल घट्नु : तौल अस्वभाविक रुपमा घट्दै जान्छ।
अचानक ज्वरो आउनु : ज्वरो क्यान्सरको एक लक्षण मानिन्छ । क्यान्सर रोगीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, यसकारण रोगीलाई समय–समयमा ज्वरो आइरहन्छ । ब्लड क्यान्सर, ल्यकेमियामा ज्वरोको लक्षण देखिन्छ।
बढी रगत आउनु : शरीरमा ल्युकिमिया कोषहरुको असामान्य निर्माणका कारण स्वस्थ रक्त कोषिकाहरु प्लेटलेट्स निर्माणमा अवरोध आउँछ । प्लेटलेट्स कोशिकाहरुको एक हिस्सा हो, जो चोट लाग्दा बढी रगत आउनबाट रोक्छ । तर, यसको कमीका कारण नाकबाट, महिलालाई रजस्वलाका दौरान र गिजाबाट बढी रगत आउने समस्या हुन्छ।
जोर्नीमा दुखाई : जोर्नीको दुखाई आर्थराइटिसमात्र होइन, क्यान्सरको लक्षण पनि हुन सक्छ । ब्लड क्यान्सर बोन म्यारोमा हुने रोग हो, जो जोर्नीको आसपास बढीमात्रामा पाइन्छ । बोन म्यारोमा सेता रक्तकोशिका बढ्दा यस्तो हुन्छ।
लिम्फ नोड्स बढ्नु : लिम्फ नोड्समा परिवर्तन हुनु पनि ब्लड क्यान्सरको संकेत हुन सक्छ । लिम्फ नोड्समा अथवा घाँटीमा एउटा गाँठो देखिए या सुन्निए तुरुन्त डाक्टरसंग सम्पर्क गर्नु आवश्यक हुन्छ।
पेटको समस्या : असामान्य सेता रक्तकोशिका कलेजोमा जम्मा हुँदा पेट सुन्निे र अरु समस्या निम्तन्छ । यस्तो समस्याले भोक पनि कम लाग्न सक्छ र थोरै खाएपनि पेट भरिएजस्तो लाग्छ । यस्ता समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनुहोला । (एजेन्सि)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।