• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारतीय प्रधानन्यायाधीश माथिको यौन दुर्व्यवहार प्रकरण : सर्वोच्चले बनायो तीन न्यायाधीशको छानबिन समिति 

को हुन् उजुरी हाल्ने? के थियो घटना?
64x64
नेपाल लाइभ बुधबार, वैशाख ११, २०७६  ११:५६
1140x725

एजेन्सी- भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि लागेको यौन दुर्व्यवहारको आरोप छानबिन गर्न सर्वोच्चले आन्तरिम समिति निर्माण गरेको छ। तीन बहालवाला न्यायाधीशको नेतृत्वमा  प्रधानन्यायाधीशमाथि छानबिन गर्न विशेष समिति गठन भएको हो। उक्त समितिमा न्यायाधीशहरु एस ए बोबडे, एन बी रामना र इन्दिरा बनर्जी रहेका छन्। न्यायाधीश बोबडे गोगोई पछिका वरिष्ठ न्यायाधीश हुन्। 

उक्त समितिले शुक्रबारबाट आफ्नो काम थालनी गर्नेछ। यो कुनै न्यायिक जाँच नभई विभागीय समिति मात्र हुनेछ। त्यसैगरी सर्वोच्चले अधिवक्ता उत्सव बोसका नाममा सूचना जारी गरेको छ। उनले पीडित महिलाविरुद्ध आफूले मुद्दा लड्ने घोषणा गरेका थिए। उनले प्रधान न्यायाधीश गोगोईलाई फसाएर राजीनामा गराउने उद्देश्यले यस्तो घटना भएको दाबी गरेका थिए। 

के थियो घटना?
प्रधानन्यायाधीश गोगोईलाई त्यहाँको सर्वोच्च अदालतकी एक पूर्वकर्मचारीले यौन उत्पीडनको आरोप लगाएकी छन्। 

३५ वर्षीया ती महिलाको उजुरीमा गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्टोबरमा उनलाई दुई पटक यौन दुराचार गरेको आरोप लगाइएकी थिइन्। उनले यौन उत्पीडन गरेको र त्यस्तो गर्न नमान्दा परिवारलाई विभिन्न किसिमले यातना दिएको गरेको बताएकी छन्।

आफूमाथि गम्भीर आरोप लागेपछि ६४ वर्षीय गोगोईले आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै त्यसलाई ‘गलत र न्यायपालिकाको स्वतन्त्रता विपरीत’ आरोप आएको टिप्पणी गरेका थिए। 

उक्त आरोपलाई उनले न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर खतरा पुर्‍याउनुका साथै अदालत अस्थिर बनाने षड्यन्त्र भएको टिप्पणी गरेका छन्।  आरोप लगाउने महिलाले एउटा उजुरीपत्र सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशहरूलाई पठाएकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

को हुन् उजुरी हाल्ने? 
प्रधानन्यायाधीश विरुद्ध उजुरी हाल्ने महिला  विवाहित हुन्। भारतीय कानुन अनुसार उनको नाम सार्वजनिक गर्न नमिल्ने भएकाले गोप्य राखिएको छ। उनले आरोपपत्रमा गत अक्टोबर १० र ११ मा गोगोईको निवासमा यौन दुराचार भएको उल्लेख गरेकी छन्। ‘उनले मेरो कम्मर समाते र हातले शरीरभरि सुमसुम्याए,’ महिलाको आरोपमा उल्लेख छ, ‘उनले मलाई नछोडेपछि धकेलेर उनको कब्जाबाट निस्केँ।’ 

उनको उजुरीमा र गोगोईले उक्त घटनाबारे सार्वजनिक गरेमा ‘परिवारलाई धेरै दु:ख हुन सक्छ’ भन्दै धम्की समेत दिएको उल्लेख छ। यही प्रकरणका कारण आफूलाई तीन ठाँउमा सरुवा गरिएको र गत डिसेम्बरमा जागिरबाट हटाइएको आरोप उनले लगाएकी छन्।

उनले आफ्ना पति र भाइलाई पनि निलम्बन गरिएको उजुरीमा उल्लेख गरेकी छन्। 

आरोपी महिलामाथि घुस लिएको उजुरी 
प्रधानन्यायाधीश गोगोईमाथि आरोप लगाउने महिला आफै यसअघि विवादमा आएकी थिइन् । गत मार्चमा हरियानाको झज्जर सहरवासी एक जनाले ती महिलाले अदालतमा जागिर लगाइदिने आश्वासन दिएर घुसका रूपमा पैसा लिएको भन्दै उजुरी गरेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले उक्त आरोपलाई अस्वीकार गर्दै र गत मार्चमा परिवारका सदस्यसहित प्रहरी चौकीमा उपस्थित हुँदा उनीहरूमाथि दुर्व्यवहार गरिएको जिकिर गरेकी थिइन्। 

गोगोई के भन्छन्?
उक्त प्रकरणमा प्रधानन्यायाधीश गोगोईले स्वतन्त्र न्यायालयलाई खतरा हुने गरी ठूलो शक्तिको आडमा आफूमाथि उजुरी परेको प्रतिक्रिया दिएका थिए। त्यस्तै उक्त प्रकरणमा पहिलो प्रतिक्रिया प्रधानन्यायाधीशका तर्फबाट सर्वोच्च अदालतका महासचिवद्वारा वक्तव्यमार्फत खण्डन गरिएको थियो। 

उनले सर्वोच्च अदालतका सबै कर्मचारीहरुलाई आफूले सम्मानपूर्ण व्यवहार गरेको दाबी गर्दै न्यायाधीशहरुको फुलकोर्टमा त्यस बारेमा स्पष्टीकरण दिएका थिए। सर्वोच्चले जारी गरेको उक्त वक्तव्यका ‘कुनै पनि बेला ती महिलाको प्रधानन्यायाधीशसँग प्रत्यक्ष रूपमा कुराकानी समेत भएको नभएको’ दाबी गरिएको छ। 

उक्त वक्तव्यमा ती महिलाविरुद्ध भ्रष्टाचारको आरोपमा लागेको र उक्त आरोपवाट बच्न प्रधानन्यायाधीश विरुद्ध आरोप लगाएको भनिएको छ। 

गत शनिबार सर्वोच्च अदालनको विशेष इजलाससमक्ष गोगोईले आफैले पनि उक्त प्रकरणलाई सम्बोधन गरेका थिए। ‘म यी आरोपमा जवाफ दिन उपस्थित हुँदा अपमानित महसुस हुन चाहन्नँ,’ उनले भने, ‘मैले सर्वोच्च अदालतका सबै कर्मचारीलाई आदरपूर्वक व्यवहार गरेको छु र भविष्यमा पनि गर्नेछु।’

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ११:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्