काठमाडौं- पर्यटकलाई उत्कृष्ट सेवा पुर्याएवापत चितवनको बाराही जंगल लजले दक्षिण एसियाकै उत्कृष्ट पर्यटन पुरस्कार ‘साउथ एशियन ट्राभल अवार्ड’ जितेको छ।
माल्दिभ्सको राजधानी मालेमा हालै आयोजित अवार्ड वितरण समारोहमा जंगल लजलाई एसियाली अवार्ड प्राप्त भएको लजका संस्थापक अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए।
बाराहीले यसै वर्ष प्रदान गरिएका ‘लिडिङ वाइल्ड लाइफ होटल/रिसोर्ट, लिडिङ इको होटल/रिसोर्ट, लिडिङ लक्जरी होटल, रिसोर्टसमेत गरी तीन विधाका राष्ट्रिय स्तरका पर्यटन पुरस्कारसमेत जितेको छ।
अवार्ड संस्थाको व्यावसायिक जीवनकै महत्वपूर्ण भएको र आगामी दिनमा व्यवसायलाई थप उचाइमा लैजान ऊर्जा मिलेको अध्यक्ष पौडेलले बताए।
अवार्डका लागि नेपालका बाराही, अन्नपूर्ण, सांग्रिला लगायत २९ वटा होटल सहभागी थिए भने भारतबाट ५ सय र माल्दिभ्सबाट २ सय वटा होटल तथा रिसोर्टले प्रतिस्पर्धा गरेका थिए।
चितवनको मेघौलीस्थित राप्ती नदी किनारमा रहेको थारू बस्तीमा सञ्चालित बाराही लजले आन्तरिक एवं बाह्य पर्यटकलाई नदीका दुवै किनारबाट देखिने चितवन राष्ट्रिय निकुञ्ज तथा राप्ती किनारका दृश्यको अवलोकन गराउँदै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।