नयाँ दिल्ली (एजेन्सी)– योग गुरु बाबा रामदेवपछि ‘आर्ट अफ लिभिङ’का संस्थापक श्रीश्री रविशंकर पनि व्यापारमा प्रवेश गर्ने भएका छन्।
रविशंकरले रामदेवको पतञ्जली ब्रान्डझैं ‘श्रीश्री तत्वा’ ब्रान्ड सार्वजनिक गर्न लागेका छन्। यसका लागि उनको कम्पनीले दुई वर्षमा १ हजार फ्रेन्चाइजी स्टोर खोल्ने योजना बनाएको छ।
रविशंकरका प्रबन्ध निर्देशक अरविन्द वर्चस्वीले यस विषयमा जानकारी दिँदै भने, ‘हाम्रो उत्पादन देशभरि फैलिएर बसेका ‘श्रीश्री’का समर्थकहरुका घरमा पहिलेदेखि नै पुगिसकेको छ। यसबाहेक ३५ वटा देशमा हाम्रो उत्पादनको ठूलो माग छ। अब हामी देशका हरेक कुनामा आममानिसलाई पनि सर्वसुलभ रुपमा हाम्रा सामान उपलब्ध होस् भनेर फ्रेन्चाइजीको मोडलमा जान लागेका छौं।’

श्री श्री तत्वा मार्टको नाममा ठाउँ–ठाउँमा स्टोर खोल्ने र त्यसमा औषधि, आयुर्वेदिक सामान, उपभोग्य वस्तु, खाद्य पदार्थ, अग्र्यानिक उत्पादन, पूजा सामग्री आदि उपलब्ध हुने प्रबन्ध निर्देशक अरविन्दले बताए। रविशंकरको श्रीश्री तत्वा ब्रान्डले ३ सयभन्दा बढी सामन उत्पादन गर्दै आइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।