हेटौंडा- खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्ध खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उनका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज्यान गएको हो।
प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले आवेगमा आएर हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।