काठमाडौ– ‘सिएनएन हिरो’ बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्।
आईतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमबीच उनलाई पार्टीमा स्वागत गरे। चेलीवेटी बेचविखन विरुद्ध अभियानमा तीन दशकदेखि सक्रिय कोइरालाले आफू कांग्रेस प्रवेश गर्ने कारण खुलाउँदै मुलुकको आर्थिक समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताइन्।
‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेश पछि भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ।’
कोइरालाले लोकतन्त्र बाहेक अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्विकार नगर्ने बताउँर्दै लोकतन्त्रलाई थप मजवुत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आवहान गरिन्।
‘म सबैमा लोकतन्त्रलाई स्विकार गरि सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु’ कोइरालाले भनिन्।
सामाजिक क्षेत्रमा लामो समय योगदान गरेकी कोइरालाले अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाति, मधेसी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताइन्। ‘जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार कांग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ’ उनले भनिन्, ‘त्यसैले संविधान कार्यान्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर ६ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।