रामल्लाह– प्यालेष्टिनीले आफ्ना प्रिय नेता यासेर अराफातलाई गुमाएको १३ औँ बर्ष पुगेको सन्दर्भमा पेरिसको एक गोप्य स्थलमा शनिबार उनको सम्झना गरेका छन्।
वेस्ट वैंकमा बसोबास गर्ने प्यालेष्टिनी तथा इजरायलमा बसोबास गर्ने उनका समर्थकको ठूलो संख्यामा प्यालेष्टिनी नेता अराफातको मृत शरीरलाई गाडिएको स्थान (मौसुलियम)मा पुगेर स्वर्गीय राष्ट्रपतिप्रति फूल तथा माला अर्पण गरेका हुन्।
इजरायलमा बसोबास गर्दै आएका प्यालेष्टिनी कलाकार मोफेदा अबु बाकरले प्यालेस्टिनीको जीवनमा स्वर्गीय राष्ट्रपति अराफातको भूमिका महत्वपूर्ण भएको बताए।
उनले भने, ‘हामी यासेर अराफातलाई आफ्नो नेता भन्न पाउँदा गौरब गर्छौं। उहाँले प्यालेस्टिनीको अधिकारका लागि जीवनको अन्त्यसम्म सङ्घर्ष गर्नुभएको थियो।’
अराफातको समाधी वरपर प्यालेस्टिनी महत्वका ऐतिहासिक सामग्री रहेको सग्रहालय तथा मस्जिदहरू निर्माण गरिएका छन्।
अराफातको सन् २००४ को नोभेम्बर ११ मा ७५ बर्षको उमेरमा फ्रान्सको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्यालेष्टिनीले आफ्ना प्रिय नेताको इजरायलद्वारा हत्या गरेको आरोप लगाएका थिए। अराफातले सन् १९६९ देखि मृत्युपर्यन्त प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) को आन्दोलनको अगुवाई गरेका थिए। उनी प्यालेस्टाइनको स्थापनापछि सन् १९९४ मा राष्ट्रपति भएका थिए। सन् १९९४ मा अराफातले नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए।
रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।