काठमाडौं (एजेन्सी)– अफगानिस्तानको पूर्वमा रहेको कपिसा प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्यु भएको छ।
पूर्वी क्षेत्रका सैनिक प्रवक्ता शिर अका फकिरीले शनिबार दिएको जानकारीअनुसार कपिसाको तगाव जिल्लामा तालिवानले आश्रयस्थल बनाउँदै आएको क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरी उनीहरूको गढ भत्काइएको थियो।
‘कारबाहीमा उक्त क्षेत्रका प्रभावशाली तालिवान कमान्डर कारी एहसनुल्लासहित ३५ जना लडाकूको मृत्यु भएको छ,’ फकिरीले भने। यस कारबाहीमा भएको तालिवानी समूहतर्फको क्षतिबारे तालिवानी पक्षबाट कुनै प्रतिक्रिया आएको छैन ।
रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।