काठमाडौं- महालेखा परीक्षक कार्यालयको ५६औं वार्षिक प्रतिवेदनले एनसेलमार्फत १८ अर्ब ४७ करोड रुपैयाँ लाभकर असुल गरिनुपर्ने देखाएको छ।
प्रतिवेदनअनुसार एनसेलले आर्थिक वर्ष २०७२/७३ मा ८० प्रतिशत प्राप्ति गर्दा मलेसियन कम्पनीको वार्षिक प्रतिवेदनमा नेपालमा रहेको करदाताको कुल सम्पत्ति २ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ र तिर्नुपर्ने दायित्वमा ७० अर्ब ४४ करोड रुपैयाँ रहेको देखिन्छ।
यसरी कुल सम्पत्तिमा तिर्नुपर्ने दायित्व घटाउँदा खुद सम्पत्ति १ खर्ब ३२ अर्ब २ करोड रुपैयाँ बराबर देखिन्छ।
तर, एनसेलको लाभ २४ करोड ८३ लाख मात्र देखिएकोले फरक परेको ७३ अर्ब ८९ करोडमा २५ प्रतिशत लाभकरमार्फत १८ अर्ब ४७ करोड कर निर्धारण एवं असुल हुन नसकेको देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।